Thursday, 15 December 2016

मोरङको दुई स्थानमा बम विष्फोट

मोरङको छुट्टा-छुट्टै दुई स्थानमा बम विष्फोट भएको छ । गएराति अज्ञात समूहले गराएको विष्फोटबाट कुनै क्षति भने भएको छैन् ।

राति पौने ११ बजे टाँडी-८ धोबेनी बजारमा सकेट बम विष्फोट भएको थियो । ९ इन्च लामो तथा डेढ इन्च मोटाई भएको जीआई पाइपबाट सकेट बम विष्फोट गराइएको प्रहरीले जनाएको छ । निर्वाचनका लागि तयार पारिएको कालिका उच्च मावि धोवेनीको मतदान केन्द्रलाई लक्षित गरी केन्द्रको ४ सय मिटर पूर्वमा बम विष्फोट गराइएको हुन सक्ने प्रहरीको अनुमान छ । बम विष्फोट गराउनेको खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।



त्यस्तै मोरङको डाँगीहाटमा ग्यास सिलिण्डर विष्फोट भएको छ । अज्ञात समूहले राति १० बजे डाँगीहाट-२ स्थित राधा कृष्ण मन्दिर छेउमा ५ केजीको ग्यास सिलिण्डर विष्फोट गराएको हो ।

0 comments:

Post a Comment